HomeFeatureनेपालमा कोरोना संक्रमितको संख्या 59 पुग्यो, आज थप 2 जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या 59 पुग्यो, आज थप 2 जनामा संक्रमण पुष्टि

काठमाण्डौँ, 1 मे

शुक्रबार दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 59 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके र रुपन्देही जिल्लामा 2 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। रुपन्देहीका 25 वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र बाँकेका 60 वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोराना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। यससँगै नेपालका कुल संक्रमितको संख्या 59 पुगेको छ। जसमध्ये 49 जना पुरुष छन भने 10 जना महिला छन्। यसमध्ये पनि 16 जना निको भएर घर फर्किइसकेका छन्। अस्पतालमा उपचार गराइरहेका सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रवक्ता देवकोटाले बताउनुभयो।

अहिलेसम्म पीसीआर प्रविधिबाट 12 हजार 5 सय 77 नमुना परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट कुल 47 हजार 7 सय 97 परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 1 हजार 4 सय 61 परीक्षण भएको छ। अहिलेसम्म प्रदेश नम्बर 1 मा 5 हजार 89, प्रदेश नम्बर 2 मा 5 हजार 6 सय 17, बागमती प्रदेशमा 8 हजार 4 सय 94,  गण्डकी प्रदेशमा 5 हजार 4 सय 11, प्रदेश 5 मा 4 हजार 35, कर्णाली प्रदेशमा 5 हजार 5 सय 67 र सूदुरपश्चिम प्रदेशमा 13 हजार 5 सय 84 वटा आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या 24 हजार 9 सय 7 रहेको छ। जसमध्ये प्रदेश नम्बर 1 मा 2 हजार 8 सय 77, प्रदेश नम्बर 2 मा 1 हजार 3 सय 32, बागमती प्रदेशमा 5 सय 38, गण्डकी प्रदेशमा 7 सय 8, प्रदेश नम्बर 5 मा 12 हजार 1 सय 63, कर्णाली प्रदेशमा 3 हजार 7 सय 24 र सूदुरपश्चिम प्रदेशमा 3 हजार 5 सय 65 जना क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालयका अनुसार देशभर आइसोलेसनमा रहेका व्यक्तिको संख्या 94 रहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...