HomeFeatureएक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जका 4 स्थान सिल

एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जका 4 स्थान सिल

नेपालगन्ज, 1 मे/ हिम शाह

नेपालगन्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि शहरका 4 स्थानलाई सिल गरिएको छ। कोरोना पोजेटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डीएसपी रोड महेन्द्र पार्कका 60 वर्षीय पुरूष हुन्। भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टिनमा राखिएको थियो। महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनबाट झन्डै 6 सय जना भागेका थिए। यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ।

नेपालगञ्जका डीएसपी रोड, वडा न 8 महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले बताउनुभयो। प्रशासनका अनुसार संक्रमित व्यक्ति डीएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए। जसका कारण उनि थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो। उनकी श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो। ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए। डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनि घर छोडर मस्जिद बस्दै आएका छन्। उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ। उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो। उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...