HomeFeatureभारतमा अलपत्र नेपालीहरूलाई यथाशीघ्र स्वदेश फर्काउन अभानेए मञ्चको माग

भारतमा अलपत्र नेपालीहरूलाई यथाशीघ्र स्वदेश फर्काउन अभानेए मञ्चको माग

नयाँ दिल्ली डेस्क, 5 मे 2020

अखिल भारत नेपाली एकता मञ्चले स्वदेश फर्कन चाहने नागरिकहरूलाई यथाशीघ्र नेपाल फर्काउन माग गरेको छ। मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको कारण समस्यामा परेका र नेपाल फर्किन चाहने नागरिकहरूलाई स्वदेश फर्काउन माग गरेको हो।

लकडाउनका कारण भारतको विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, कलकारखाना, उद्योग व्यवसाय लगायत असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरूको रोजगारी गुमेको छ। यसका साथै उनिहरूलाई दैनिक छाक टार्न र बस्ने बासको समेत समस्या भएको छ। मञ्चले भारतमा काम गर्ने लाखौँ मजदुरहरूलाई स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने सर्त सहित नेपाल भित्र्याउनुको साटो नेपाल सरकारले आवागमन निषेध गर्नु आपत्तिजनक भएको बताएको छ।

भारतको दिल्ली, महाराष्ट्र, दक्षिण भारत, पञ्जाब लगायातका राज्यहरूमा लकडाउनका कारण फसेका नेपाली मजदुरहरू, विद्यार्थी, पर्यटक, उपचारको लागि आएका बिरामीहरू, तीर्थयात्रामा आएका तीर्थालुहरू, आफन्त भेट्न आएका मानिसहरू नेपाल-भारत सीमा बन्द भएपछि अहिले अलपत्र परेका छन्। “नेपाल सरकारले कुटनीतिक रूपमा पहल गरी भारतमा फसेका नेपालीहरूको खानापिना र बस्ने बास उचित व्यवस्थापन गरेर नेपालका गाँउपालिका र दिल्ली दूतावासद्वारा उनिहरूको सत्य तथ्य तथ्याङ्क निकाली आवश्यक स्वास्थ्य परीक्षण गरी फिर्ता गर्नु पर्दछ”, विज्ञप्तिमा  भनिएको छ। आफ्ना नागरिकहरूको रक्षा गर्नु राज्यको कर्तब्य भएको बताउँदै उनिहरूलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउन मञ्चले जोडदार रूपमा माग गरेको छ।

अखिल भारत नेपाली एकता मञ्चले भारतमा लकडाउनका कारण समस्यामा परेका नेपालीहरूलाई उनिहरू रहेकै स्थानमा राहत वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...