HomeFeatureनेपालगञ्जमा थप 7 जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या 82

नेपालगञ्जमा थप 7 जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या 82

काठमाण्डौँ, 5 मे 2020

मंगलबार नेपालगञ्जमा थप 7 जना कोरोना संक्रमित भेटिएका छन्। यो सँगै संक्रमितको संख्या 82 पुगेको छ। भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा 9 वर्षिया बालिका सहित 7 जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 9 वर्षिया बालिकासहित 32, 34 र 55 वर्षिया महिलाहरुमा संक्रमण पोजेटिभ देखिएको हो। यसैगरी 22, 30 र 40 वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटो बताउनुभयो। सबैभन्दा बढी प्रदेश नम्बर 1 मा 31 जना संक्रमित रहेका छन्। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट 13 हजार 8 सय 50 जनाको परीक्षण भएको बताउनुभयो। यसैगरी आरडीटी विधिबाट 52 हजार 2 सय 27 जनाको परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 1 हजार 5 सय 82 वटा परीक्षण भएका छन्। प्रदेश 1 मा 6 हजार 1 सय 22, प्रदेश नम्बर 2 मा 5 हजार 7 सय 78, बागमती प्रदेशमा 8 जार 9 सय 40 र गण्डकी प्रदेशमा 6 हजार 74 जनाको आरडीटी परीक्षण भएको छ। यस्तै प्रदेश नम्बर 5 मा 5 हजार 1 सय 93, कर्णाली प्रदेशमा 5 हजार 8 सय 76 र सुदूरपश्चिम प्रदेशमा 14 हजार 2 सय 44 जनाको परीक्षण भएको उहाँले बताउनुभयो। अहिले क्वारेन्टिनमा 21 हजार 99 जना रहेका छन्। उपत्यकामा 2 र बाहिर 1 सय 18 गरी 1 सय 20 जना आइसोलेसनमा रहेका छन्। कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पिसिआर परीक्षण सुरु भएको छ। योसँगै नेपालमा 18 प्रयोगशालाबाट पीसीआर विधिबाट नमुना परीक्षण सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...