HomeFeatureलकडाउनको आज डेढ महिना दिन पूरा, दैनिक जनजीवन प्रभावित

लकडाउनको आज डेढ महिना दिन पूरा, दैनिक जनजीवन प्रभावित

काठमाण्डौँ, 7 मे 2020

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज 45 औँ दिन पूरा भएको छ। सरकारले गत चैत 11 गतेदेखि लागू गरेको लकडाउनको 45 दिन अर्थात डेढ महिना पुगेको हो। लकडाउनका कारण जनजीवन प्रभावित भएपनि कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिदै आएको छ। बिहीबारसम्म लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुनः जेठ 5 गते सम्म लम्ब्याएको छ। लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले लकडाउनलाई पालना गरेका छन्। तर सडकमा केही अत्यावश्यक सेवा तथा कर्मचारीका सवारीसाधनहरु सञ्चालनमा आएका छन्।

प्रहरीले लकडाउन पालना गराउन सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ। बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा पुग्दा प्रहरीले चेकजाँचलाई निरन्तरता दिएको पाइएको छ। प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ। सहरका भित्रि सडकमा भने केही तरकारी एवम् खाद्य पसलहरु खुलेका छन्। मानिसहरु आफ्नो घर नजिक रहेको पसलसम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...