काठमाण्डौँ, 8 मे 2020
आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका 63 जना सांसदहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको छ। आज प्रतिनिधिसभाका 53 र राष्ट्रियसाका 10 गरी 63 जनाको स्वाव संकलन गरिएको हो। बजेट अधिवेशन सुरु हुनुअघि हिजोबाट सांसदहरुको स्वाव संकलन भइरहेको छ। हिजो 2 सय 12 जना सांसदहरु स्वाव संकलन गरिएको थियो। हिजो प्रतिनिधिसभाका 179 र राष्ट्रियसभाका 33 जना गरी जम्मा 2 सय 12 जना सांसदहरुको स्वाव संकलन गरिएको थियो। अहिलेसम्म प्रतिनिधिसभातर्फ 2 सय 32 र राष्ट्रियसभातर्फ 43 जनाको स्वाव संकलन गरिएको छ।
बजेट अधिवेशन सुरु हुनुअघि सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो। अहिलेसम्म संघीय संसदका सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी 6 सय 92 जनाको स्वाव संकलन भएको छ। हिजो 4 सय 41 र आज 2 सय 51 जनाको स्वाव संकलन भएको संसद सचिवालयले जनाएको छ। अझै 54 जना सांसदहरुको स्वाव संकलन हुन बाकी रहेको छ। आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ। अधिवेशन सुरु हुनुअघि नै सांसदरुको रिपोर्ट आउने छ। स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ।









































