नयाँ दिल्ली, 11 मई 2020
नेपाली काँग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समितिका विश्वभर छरिएका सभापतिहरुले नेपालको सीमामा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको विरोध गर्दै निन्दा गरेका छन । विश्वका 34 मूलुकमा सक्रीय नेजसका सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेर भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गर्नु सीमामा हस्तक्षेप भएको ठहर गर्दै निन्दा र भर्त्सना गरेका हुन । विज्ञप्तिमा भनिएको छ, “सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने भएकाले जिम्मेवार ढंगले समाधान खोज्न अनुरोध पनि गर्दछौं । “
” ऐतिहासिक दस्तावेज,सन्धी र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रष्ट छ । तसर्थ अहिले जेजसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ, यसको हामी राष्ट्र,राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिका सबै सदस्यको तर्फबाट घोर निन्दा र भर्त्सना गर्दछौं । ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सीमाको विषयमा कुटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमूख दायित्व भएपनि राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिष्ट सरकारको असली राष्ट्रवादको अनुहार यतिबेला उदाङ्गो भएको भन्दै नेजसले नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाउदैन भन्नेमा खबरदारी गरेको छ ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस भारतका सभापति बालकृष्ण पाण्डे, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द विष्ट, नेजस बेल्जियमका सभापति सीता सापकोटा, नेजस मकाउका सभापति लेखबहादुर गुरुङ, नेजस बहराइनका सभापति पदमसुन्दर गुरुङ, नेजस ईजरायलका सभापति खगेश्वर अधिकारी, नेजस जर्मनीका सभापति शिखर खड्का, नेजस साईप्रसका सभापति सीता अर्याल, नेजस पोल्यान्डका सभापति डा. एलिनी सुबेदी, नेजस आयरल्याण्डका सभापति शुक्रराज न्यौपाने, नेजस कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, नेजस,दक्षिण कोरियाका सभापति आस्था बिन्दु मल्ल, नेजस पोर्चुगलका सभापति बिनोद घिमिरे, नेजस स्पेनका सभापति ईन्द्र शर्मा, नेजस हंगकंगका सभापति मीन गुरुङ, नेजस बेलायतका सभापति युवराज गुरुङ, नेजस क्यानडाका सभापति बुद्धिप्रकाश ओली, नेजस नेदरल्याण्डका सभापति प्रेमजंग गुरुङ, नेजस फ्रान्सका सभापति सुधीर राना, नेजस नर्वेका सभापति जितेन्द्र शाही, नेजस मलेसियाका सभापति चोलाकान्त पंगेनी, नेजस ओमनका कार्यवाहक सभापति शालिक चापागाई, नेजस युएईका सभापति भुवानीप्रसाद तिमल्सिना, नेजस कुवेतका सभापति राजेन्द्र रसाइली बिरही,नेजस जापानका सभापति रोशन केसी, नेजस लक्जेम्बर्गका सभापति बालकृष्ण सापकोटा, नेजस न्यूजिल्याण्डका सभापति बुद्धिसागर घिमिरे, नेजस साउदी अरेबियाका सभापति दिपक रेग्मी, नेजस स्वीडेनका सभापति नबिन थपलिया, नेजस स्वीटजरल्याण्डका सभापति श्याम सापकोटा, सभापति, अष्ट्रेलियाका सभापति कृष्ण गिरी, नेजस डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्की, नेजस चीनका सभापति राजनकुमार जमरकटेल, नेजस माल्टाका सभापति सन्देश केसीले नेपाली भूमिमाथि हुने कुनै पनि अतिक्रमण आत्मामाथिको प्रहार भएकाले आत्माको रक्षाका लागि देश विदेशमा रहेका सबै नेपालीहरुलाई एकजुट हुन अपील गरेका छन ।
गत शुक्रवार भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक र मानसरोवरलाई जोडने सडक उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ । परराष्ट्र मन्त्रालयले समेत शनिवार वक्तव्य जारी गर्दै विरोध जनाएको छ भने, आज नेपालका लागि भारतमा जराजदूत मोहनसिंह क्वात्रालाई बोलाएर स्पष्टीकरण पनि लिएको छ ।









































