HomeFeatureसुदूरपश्चिमको स्वास्थ्यावस्था बुझ्ने क्रममा डा. केसी बैतडीमा, नि:शुल्क बिरामीको जाँच गर्नुहुने

सुदूरपश्चिमको स्वास्थ्यावस्था बुझ्ने क्रममा डा. केसी बैतडीमा, नि:शुल्क बिरामीको जाँच गर्नुहुने

बैतडी, 11 मे 2020/ हिम शाह

नेपालकाे चिकित्सा क्षेत्र सुधारका लागि पटक-पटक अनसन बसिसक्नु भएका डाक्टर गोविन्द केसी सोमबार बेलुका बैतडी पुग्नुभएको छ। समग्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था बुझ्न आउनुभएका उहाँ आज साँझ बैतडीमा पनि पुग्नुभएको हो। 2 दिनसम्म बैतडीमा रहँदा उहाँले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नु हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिनुभयो।

यसका साथै उहाँले उपचारका लागि आउने बिरामीको नि:शुल्क उपचार गर्नुहुने जनाईएको छ। 2 दिन बैतडीमा बसेपछी दार्चुला जाने उहाँको कार्यक्रम रहेको हाम्रा संवाददाता हिम शाहले बताउनुभयो।

यसअघि डाक्टर केसी बैशाख 25 गतेदेखि बझाङ जिल्ला अस्पतालमा रहनुभएको थियो। त्यसअघि उहाँ फागुन 20 गतेदेखि बैशाख 25 गतेसम्म डडेल्धुरा अस्पतालमा रहनुभएको थियो। बझाङ र डडेल्धुरामा रहँदा उहाँले बिरामीको उपचार गर्नुभएको थियो।

डाक्टर केसी चिकित्सा क्षेत्र सुधार र काठमाडौँ बाहिर सुदूरपश्चिमलगायत क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने माग गरी पटक-पटक सरकारविरूद्ध अनसन बसेर चर्चामा आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...