काठमाण्डौँ, 11 मे 2020
नेपालमा थप 14 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा 6, रुपन्देहीमा 6 र बर्दियामा 1 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनिहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बताउनुभयो।
आज बिहान मात्रै कपिलवस्तुमा 10 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कपिलवस्तुमा मात्र सोमबार 16 जनामा कोरोना संक्रमण देखिएको छ। रुपन्देहीमा यसअघि 1 जनामा संक्रमित देखिएकामा सोमबार 6 जना थपिएका हुन्।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो।










































