काठमाण्डौँ, 12 मई 2020
नेपालमा आज एकै पटक 57 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि बएको छ। नयाँ संक्रमित सबै पुरुषहरू छन्। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा 8 जना, रुपन्देहीमा 9 जना र पर्सामा 39 जना सङ्क्रमित भेटिएका हुन्। त्यसैगरी बारामा 1 जना भेटिएका छन्। यो सँगै नेपालमा सङ्क्रमितको संख्या 191 पुगेको छ।










































