काठमाण्डौँ, 20 मई 2020
सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन्।
सांसद हरिराम चौधरीले सूदुरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताउनुभयो। अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लिकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उहाँले बताउनुभयो प्रदेशभरी 5, 6 वटा मात्रै आइसीयूसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो। प्रदेशमा कोरोनाका विरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उहाँले बताउनुभयो उहाँले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ।
सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गर्नुभयो। प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उहाँले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गर्नुभयो। उहाँले पीसीआर परीक्षणको दायरा बढाउन पनि मा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘40, 45 लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौ। व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस्। आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनोका हौ।’’
सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टिनको संख्या बढाउन माग गर्नुभएको छ। स्थानीय तहहरुले क्वारेन्टिनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उहाँले बताउनुभयो। अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत विउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उहाँले माग गर्नु भएको छ।
सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राख्नुभएको छ। नेपाल र भारतका पूर्वा शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो। पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उहाँले आग्रह गुर्नभयो। विडारीले सरकारले गाउँ-गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधिको व्यवस्था गर्न माग गर्नुभएको छ। किसानहरुको उत्पादन सरकारले गाउँबाट किनेर वितरण गर्नसके मात्रै भारतबाट तरकारी ल्याउनै पर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो। जनताहरु लकडाउनमा रहेका बेला मन्त्री, सांसद र नेताहरुले धेरै हिडडुल गर्नुभन्दा संक्रमण नियन्त्रण र रोकथामका लागि के गर्न सकिन्छ त्यतातिर काम गर्न आग्रह गर्नुभयो। सांसद विडारीले पास वितरणमा अझै कडाई गर्न गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ। 2, 4 हजार रुपैयाँ भएका गुण्डाहरुले गाडीका पास लिएर हिड्ने तर जनतालाई आक्रान्त पार्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो।









































