काठमाण्डौँ, 22 मई 2020
नेपालगञ्जका 21 जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालिरूद्धको लडाई जित्नेहरूको कुल संख्या 70 पुगेको छ। प्रदेश 5 सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पतालबाट 21 जना संक्रमित निको भएर घर फर्किएका हुन्।
नेपालगञ्जका कुल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित 60 वर्षीय वृद्धसहित 21 जना निको भएका हुन्। दुई जनाको दोस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताउनुभयो।
दुई जना अझै आइसोलेसनमै उपचार गराइरहेका छन्। 26 र 31 बैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगञ्जका अझै चार जना आइसोलेसनमा उपचार गरिरहेका छन्। 19 बैशाखमा पहिलो व्यक्तिमा र 23 बैशाखमा 22 जना संक्रमण पुष्टि भएको हो।









































