HomeFeatureकोरोना अपडेटः संक्रमित-52 लाख 23 हजार 401, मृत्यु-3 लाख 35 हजार 205,...

कोरोना अपडेटः संक्रमित-52 लाख 23 हजार 401, मृत्यु-3 लाख 35 हजार 205, ठिक भएका- 20 लाख 99 हजार 220

काठमाण्डौँ, 22 मई 2020

कोरोना भाइरसबाट विश्वभरीमा 3 लाख 35 हजार 205 जनाले ज्यान गुमाएको छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 52 लाख 23 हजार 401 पुगेको छ भने, अहिलेसम्म 20 लाख 99 हजार 220 जना उपचारपछि ठिक भएका छन्। 27 लाख 88 हजार 976 जना अहिलेपनि उपचारार्थ छन्।

कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 96 हजार 377 जनाको ज्यान गएको छ।  संक्रमितको संख्या 16 लाख 21 हजार 669 पुगेको छ, भने 3 लाख 82 हजार 244 जना उपचारपछि ठिक भएका छन्। ब्रिटेनमा अहिलेसम्म 36 हजार 42 जनाको ज्यान गएको छ। 2 लाख 50 हजार 908 जना संक्रमित भएका छन्। त्यसैगरी इटालीमा अहिलेसम्म 32 हजार 486 जनाको ज्यान गएको छ। 2 लाख 28 हजार 6 जनामा संक्रमणको पुष्टि भएको छ, भने 1 लाख 24 हजार 560 जना उपचारपछि ठिक भएका छन्। स्पेनमा अहिलेसम्म 27 हजार 940 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 80 हजार 117 पुगेको छ।

भारतमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 1 लाख 19 हजार 574 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 3 हजार 600 पुगेको छ। 49 हजार 26 जना उपचारपछि सञ्चो भएका छन्। त्यसैगरी 66 हजार 948 जनाको अहिले पनि उपचार चलिरहेको छ। भारतमा अहिलेसम्म 27 लाख 18 हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 507 पुगेको छ। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ, भने 70 जना उपचारपछि सन्चो भएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...