नयाँ दिल्ली, 23 मई 2020
कोभिड-19 अर्थात कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरु अहिले आफ्नो स्थानिय गाँउपालिका, वडा र नगरपालिकासँग समन्वय गरि नेपाल गइरहेको भएपनि गाँउ, वडा र नगरपालिकासँग समन्वय नगरि गएका नेपालीहरु सीमामै दुःख पाईरहेका छन । यही सम्बन्धमा कुनै पनि नेपालीले दुख नपाउन भन्दै समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन प्रगतिशील नेपाली समाज समिति भारतले नेपाल जान चाहने नेपालीहरुको विवरण संकलन गरि उनिहरुलाई सहज रुपमा नेपाल पठाउने व्यवस्था गरिरहेको जनाएको छ । समितिले भारतमा रहेका नेपालीहरुको सही तथ्याङ्क संकलन गर्न नेपाल जान चाहने नेपालीहरुलाई एक अनलाईन फाराम भर्न अपील गरेको छ । फाराममा आफ्नो नाम, उमेर, फोन नम्बर, नेपालको ठेगाना र भारतमा अहिले रहिरहेको राज्य, पारिवारिक संख्या र भारतमा अहिले के समस्या भइरहेको छ भन्ने लगायतको विवरण भर्नु पर्ने भएकाले फाराम भर्न निकै सजिलो रहेको समितिले जनाएको छ । एक पटक सबैको विवरण संकलन गरिसके पछि उनिहरुलाई नेपाल पठाउने पहल शुरु गरिने समितिले जनाएको छ । समितिले यो फाराम सामाजिक संजालहरु, इमेल, म्यासेन्जर, वाट्स एपको माध्यमले नेपालीहरुसम्म पुर्याइरहेको छ भने यसै समाचारको तल पनि दिइएको छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeavfwzkd9JrE02TQ_4ousdA-M2u4UVjh22QiKVdpblWGOhvw/viewform?fbclid=IwAR0WVUB-IUDWUMv4C-QvxA0uunJS5AO7FDTEu-UCL6XS_f-oDe5NnXHiAGg









































