सुरत, सचिन, 24 मई 2020, बिन बहादुर रेग्मी
कोरोना भाईरस (कोभिड–१९) र लकडाउनको कारण सुरत र सचिन जिआइडिसी अन्तर्गतका विभिन्न स्थानमा समस्यामा परेका नेपाली श्रमिकहरुलाई करिब १९ क्वीन्टल खाद्यान्न वितरण गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सक्रियता र नेपाली हेल्पलाईन ईन्डियाँ, पनाहा फाउण्डेशनको आर्थिक सहयोगमा ७५ हजार नगद बराबरको खाद्यान्न वितरण गरिएको हो ।
गत दुई महिनादेखि काम धन्दा पुरै ठप्पै हुँदा गुजरातको सचिन जिआइडिसी र सुरत शहरमा विपत्तीमा परेका करिब १४१ परिवारलाई सो राहत वितरण गरिएको सुरतबाट हामीलाई विन बहादुर रेग्मीले जानकारी दिनुभएको छ ।
रेग्मीका अनुसार वितरण गरिएको खाद्यान्नमा ७०५ किलो चामल, ७०५ किलो आँटा, १४१ किलो तेल, १४१ किलो दाल, १४१ किलो नून, १४१ बट्टा हात धुने साबुन, १४ किलो हल्दी पाउडर र १४ किलो खुर्सानी पाउडर रहेको थियो । सो सामाग्रीहरु उद्योगनगर, सचिन जिआईडिसी, बमरौली, मिनिबजार, जिडीरोड, सिद्धि गणेश, सचिन हाउसिंग लगायतका सचिन, सुरत तथा सचिनका विभिन्न एरियाहरूमा वितरण गरिएको हो । सम्पूर्ण सामाग्रीहरुलाई समिटी १४१ किट तयार पारि वितरण गरिएको थियो ।

यो लकडाउनको परिवेशमा हजारौं नेपाली श्रमिकहरू बिचमा पुगि राहात बितरण गर्नु सजिलो नभएता पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको इमान्दारी र सक्रियताले नै सो कार्यलाई पुरा गर्न सकिएको रेग्मीले बताउनुभयो ।
रेग्मीले यो सहयोग राहत मात्र भएकोले प्रयाप्त नभएको भन्दै यो दुई महिनाको लकडाउनले खाद्यान्न र आर्थि दुबै सक्किएकोले भोकमरीको संकट परिरहेको बेला नरेश कुमार सिंजापती सहित पनाहा फाउण्डेशनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सचिन र सुरतलाई विश्वास गरि राहात उपलब्ध गराएकोमा उहाँहरुको सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
राहात वितरणका लागि अहोरात्र खटिनु भएका समाज सेवी करण केसी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति र सचिन नगर समितिका हरिकुमार गिरी, ध्रुवराज न्यौंपाने, कमल श्रेष्ठ लगायत सम्पूर्ण कार्यकर्ताहरुलाई रेग्मीले धन्यवाद व्यक्त गर्नुभएको छ ।









































