HomeFeatureआजबाट खुल्यो गड्डाचौकी नाका, बनबसा वरपर अलपत्र परेका सयौं नेपाली भित्रिए

आजबाट खुल्यो गड्डाचौकी नाका, बनबसा वरपर अलपत्र परेका सयौं नेपाली भित्रिए

महेन्द्रनगर, 20 मई 2020

भारतमा लकडाउन खुकुलो भएपछि नेपाल भारत सीमा बनबसा पुगेका सयौं नेपालीहरु आज नेपाल प्रवेश गरेका छन । आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिँउसोपछि उनिहरुलाई नेपाल फर्किन दिइएको हो । यसअघि गौरीफन्टा लगायत अन्य प्रदेशका रुपैडिहा, सुनौली, जोगबनी लगायतका नाकाहरुबाट सीमामा पुगेका नेपालीहरुलाई नेपाल भित्र्याइए पनि गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि किटको व्यवस्था नभएको भन्दै सयौं नेपालीहरुलाई नेपाल पस्न दिइएको थिएन। हिजो बसेको बैठकले कोरोना परीक्षण नगरेपनि सामान्य स्वास्थ्य परीक्षणपछि प्रवेश गर्न दिने निर्णय अनुसार आज ठूलो संख्यामा नेपालीहरु प्रवेश गरेका छन । नेपाल प्रवेश गरेपछि भारतबाट आएका नेपालीहरुलाई भन्सार कार्यालयको परिसरमा राखिएको थियो भने त्यहाँ महेन्द्रनगरका उद्योगी-व्यवसायी र पत्रकारहरुले खानाको व्यवस्था गरेका थिए । आज साँझ 6 बजेसम्म करिब 3 हजारको संख्यामा रहेका नेपालीहरुलाई आज नेपाल भित्र्याइएको छ भने भोलीदेखि विहान 6 बजेदेखि साँझ 6 बजेसम्म नेपाल भित्र्याउने तयारी कञ्चनपुर जिल्ला प्रशासनले गरेको छ । नेपाल भित्र्याएसँगै नेपालीहरुलाई उनिहरुको स्थानिय गाँउपालिका, वडा र नगरपालिकामा पठाउने तयारी पनि प्रशासनले गरेको छ ।

स्वदेश प्रवेशको बाटो खुल्ला भएको जानकारी पाएपछि आज बिहानैबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरु नाकामा पुगेका थिए । नेपाल भित्रिने अधिकांश नेपालीहरु सुदुरपश्चिम प्रदेशकै नागरिक रहेका छन भने केही कर्णाली प्रदेश लगायत अन्य प्रदेशका नागरिकहरु पनि रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...