HomeFeatureनेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 4 पुग्यो, कोरोना संक्रमितको कूल संख्या...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 4 पुग्यो, कोरोना संक्रमितको कूल संख्या ६ सय ८२ पुग्यो

काठमाण्डौ, 20 मई 2020

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बृद्धको परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेज विरगञ्जमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका ७० वर्षिय वृद्धको मृत्यु भएको थियो । मृतक वृद्धको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । स्वास प्रस्वासमा समस्या दखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको ३ गते स्वाव संकलन गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यसअघि धुलिखेल अस्पतालमा सुत्केरी महिला, बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा एक पुरुष र क्रिमसन अस्पतालमा उपचाररत पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । सोमबार मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार मन्त्रालयको पछिल्लो विवरण अुनसार सेती प्रादेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा  बर्दियाका तीन जनामो पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १—१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...