HomeFeatureमहाराष्ट्रको तटमा पुग्यो समुद्री आँधी निसग्र, कयौं क्षेत्रमा भीषण वर्षासहित आँधी

महाराष्ट्रको तटमा पुग्यो समुद्री आँधी निसग्र, कयौं क्षेत्रमा भीषण वर्षासहित आँधी

मुम्बई, 3 जुन 2020

बुधवार दिउँसो समुद्री आँधी निसग्र महाराष्ट्रको तटमा पुगेको छ । यस दौरान कयौं स्थानहरुमा आँधी चल्नुका साथै वर्षा पनि भएको छ । समुद्री आँधीलाई ध्यानमा राख्दै मानिसहरुलाई राहत शिविरहरुमा सारिएको छ । तटीय क्षेत्रहरुमा एनडीआरएफका टीमहरु परिचालित गरिएका छन । समुद्री आँधी ‘निसर्ग’ का कारण महाराष्ट्रको रायगढ जिल्लाको अलीबागमा भीषण वर्षा भएको छ भने रत्नागिरिमा आँधी चलेको छ ।

मौसम विभागले दिँउसो ” समुद्री आँधी निसर्गको केन्द्र महाराष्ट्र तटदेखि निकै नजिक भएको बताएको थियो । मौसम विभागले यो आँधीका असर आँउदो 12 घण्टासम्म रहने र यसको गति 1 सयदेखि 1 सय 20 किमी प्रतिघण्टा हुनसक्ने बताएको छ भने भीषण आँधी र वर्षासँगै पहिरो पनि जान सक्ने जनाएको छ ।

मौसम विभागले गुजरात र महाराष्ट्रका तटमा चक्रवाथ आउने चेतावनी जारी गर्दै सुरक्षित रहन भनेको थियो। चक्रवाथलाई मध्यनजर गर्दै एनडीआरएफको 43 टीमहरु दुवै राज्यका तटमा परिचालन गरिएको थियो । समुद्री आँधी आउन सक्ने क्षेत्रहरुबाट करीब 1 लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि बंगालको खाडीमा बनेको आम्फन चक्रवात आँधीले भारत  र बंगलादेशमा 85 जनाको मृत्यु भएको थियो भने पश्चिम बंगालमा 72 जनाको मृत्यु भएको थियो भने कयौं घरहरुमा क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...