HomeTrending Newsमणिपुरमा सुवेदार निरञ्जन सिंह छेत्रीको १२९ औं शहीद दिवस पालन

मणिपुरमा सुवेदार निरञ्जन सिंह छेत्रीको १२९ औं शहीद दिवस पालन

मणिपुर, 10  जुन 2020, राहुल बोगी राई

भारतीय गोर्खा परिसंघ मणिपुर राज्य शाखाले शहिद सुवेदार निरञ्जन सिंह छेत्रीको १२९ औं शहीद दिवस पालन साधारण तरीकाले पालन गरेको छ । दार्जीलिङका लोकसभा सांसद राजु बिष्टको मणिपुर चारहजारे स्थित निवास मा ऐतिहासिक रुपमा छेत्रीको१२९औं शहीद दिवस पालन गरेकोछ । भागोप मणिपुर राज्य शाखाका अध्यक्ष लक्षमण बिष्टको अधक्षतामा आयोजित कार्य क्रममा आरएसएसका संघ प्रचारक डा केदार कुलकर्णी, कल्याणआश्रम, मणिपुरका मन्त्री साथै श्रीमान अजित दास (प्रभूजी) मणिपुर प्रान्तका संघ कार्यकर्ता, गुरुजी श्रीमान भवानी सुवेदी, राजु बिष्टका बुवा बिष्णु बिस्ट र हजुरबुवा बलराम बिस्ट साथै कवि कथाकार सीता देवी छेत्री भागोप मणिपुर शाखाका मूल सचिव राहुल राई आदिको उपस्थितिमा शहिद दिवस पालन गरियो ।

शहिद निरञ्जन सिंह छेत्रीको १२९ औं शहीद दिवस पालनको पलक्ष्यमा प्रमुख अथितिको बक्त्यब्यमा संघका अजित दास प्रभूजीले भने, शहिद सुवेदार निरञ्जन छेत्री हाम्रा हुन् । उनले हाम्रो देश साथै मणिपुरका लागि आफ्नो प्राण सुम्पिएको यो बलिदानलाई हामीले भुल्नु हुँदैन । साथै हामीले प्रत्येक वर्ष यसरी शहिद दिवस पालन गरेर निरञ्जन को हुन्, किन शहिद भए, सबै ईतिहास हामीले जन जनमा पुराउनु पर्छ । अजित दास प्रभूजीले, भारतीय गोर्खा परिसङ्घलाई धन्यवाद दिंदै शहिद सुवेदार निरञ्जन छेत्रीको शहिद दिवस मात्रै नमनाएर बिशाल शालिकसम्म कांग्लातोम्बीमा निर्माण गरिरहे को कार्यको प्रशंनसा गरे । यसरी राहुल राई बोगिकोद्वारा संचालित कार्यक्रम मा सर्वप्रथम शहिदको फोटोमा अथितिहरुद्वारा धुपदिप अनि माल्यार्पण पश्चात पुष्प अर्पण सबैले गरे । यसरी कोरोना माहामारीलाई ध्यानमा राखेर शहिद निरञ्जन सिंह छेत्रीको १२९ औं शहीद दिवस कार्यक्रम एक घन्टाको समयमा समाप्त गरियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...