HomeFeatureनेपालमा लकडाउन खुकुलो पारियो, व्यापार, व्यवसाय खोल्न पाईने, शैक्षिक संस्था बन्द

नेपालमा लकडाउन खुकुलो पारियो, व्यापार, व्यवसाय खोल्न पाईने, शैक्षिक संस्था बन्द

काठमाण्डौ, 11 जुन 2020

नेपाल सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार मन्त्रीपरिषद् बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै निजी सवारी साधनलाई जोरबिजोर प्रणालीबाट चल्न दिइने बताउनुभएको छ । सरकारी कार्यालय भने २ सिफ्टमा सञ्चालन गरिनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र अर्को सिफ्ट दिउँसो १ बजेपछि ६ बजेसम्म हुनेछ । यसैगरी, बैंक, बिमा र सहकारीहरु पनि सञ्चालन गरिनेछ ।

तत्काललाई शैक्षिक संस्थाहरु नखोलिने भनिएको छ भने अन्य व्यापार व्यवसायहरु खुला गरिनेछ । शपिङ मलहरु भने अहिले खुला नगर्ने निर्णय भएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...