HomeFeatureफ्रान्समा आजदेखि रेष्टुरेण्टहरु खुल्ला, 22 जुनदेखि विद्यालयहरु खुल्ने, स्थगित चुनाव पनि हुने

फ्रान्समा आजदेखि रेष्टुरेण्टहरु खुल्ला, 22 जुनदेखि विद्यालयहरु खुल्ने, स्थगित चुनाव पनि हुने

पेरिस, 15 जुन 2020

फ्रान्सले अर्थव्यवस्थालाई सुधार गर्न लकडाउनलाई पूर्णरुपमा खुल्ला गर्न निर्णय गरेको छ । फ्रान्सका राष्ट्रपति एमानुएल मेक्रोनले कोरोना भाईरसबाट देशलाई मुक्त गर्न अर्थव्यवस्थालाई खोल्ने घोषणा गर्नुभएको छ । उहाँले पेरिस क्षेत्रमा सम्पूर्ण रेष्टुरेण्टहरु आजदेखि खुल्ने र ग्राहकहरुलाई भित्र बसेर सेवा प्रदान गर्न सक्ने भन्नुभएको छ । अहिलेसम्म त्यहाँ ग्राहकहरुलाई बाहिरै बसाउन मात्र अनुमति दिइएको थियो । फ्रान्सका अन्य क्षेत्रहरुमा पहिलैदेखिनै रेष्टुरेण्टहरु खुलिसकेका छन ।

 त्यहाँ 22 जूनदेखि सम्पूर्ण नर्सरी स्कूल, प्राइमरी स्कूल र जूनियर हाइ स्कूल पनि खुल्नेछन । सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । अहिलेसम्म स-सानो समूहमा विद्यार्थाहरुलाई स्कूल बोलाईंदै थिय भने अधिकांश विद्यार्थीहरु घरमै बसिरहेका थिए ।

मेक्रोनले लकडाउनका कारण स्थगित भएको स्थानीय चुनावको दोस्रो चरण 28 जूनदेखि शुरू हुने पनि घोषणा गर्नुभएको छ ।

फ्रान्स कोरोनाबाट अझै मुक्त भएको छैन । फ्रान्स कोरोना संक्रमित विश्व सूचि 13 औं स्थानमा छ भने यहाँ कोरोना भाईरसका कारण अहिलेसम्म 29 हजार 407 जनाको मृत्यु भएको छ । अहिलेसम्म कूल संक्रमित 1 लाख 57 हजार 220 जना मध्ये 72 हजार 859 जना सञ्चो भएका छन भने 54 हजार 954 जनाको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...