सिलिगुडी, 19 जुन, शिला शर्मा
लकडाउन अवधिभर मानव सेवामा खटिएकी समाजसेवी ऋसिका क्षेत्री स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएकी छिन । मानव अधिकार संगठनकी कार्यकर्ता, समाजसेवी एवम् गोर्खा जनमुक्ति मोर्चा विनय खेमाकी सांगठनिक सचिव ऋसिका छेत्री गत बुधबारदेखी अस्वस्थ भएर सिलिगुडीको एउटा निजी नर्सिङ अस्पतालको आइसीयुमा उपचाराधिन रहेकी छिन् । जानकारी अनुसार मुख्य रुपमा उनको शरीरमा हेमोग्लोभिनको कमी भएको समस्या डाक्टरले बताएका छन ।

लकडाउनको पहिलो चरणदेखी तेस्रो चरणसम्म सिलिगुडी मतिगढा एयर भिउ मोर्डसम्म सड्कमा बिचल्ली परेका मजदुर, चालक, पुलिस र अन्य मानिसहरुलाई खाना पकाएर प्रतिदिन मानवताको नातामा उनले सेवा पुर्याएकी थिइन् । अर्कोतिर रातदिन उनले यस्तो कार्य गरिन् तर आज उनी अस्पतालमा हुँदा पार्टीले उनको पक्षमा केही चासो नलिएको ऋसिका छेत्रीको परिवारको गुनासो रहेको छ ।









































