HomeFeatureचिनियाँ कम्युनिष्टले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा नेपाली काँग्रेसको गम्भीर आपत्ती

चिनियाँ कम्युनिष्टले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा नेपाली काँग्रेसको गम्भीर आपत्ती

काठमाण्डौ, 22 जुन 2020

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनिया कम्युनिष्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाउनु भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै उहाँले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभयो । पछिल्लो समय चीनिया कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु “अपाच्य”रहेको भन्दै त्यस तर्फ गम्भीर रुपमा नेकपाको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “छिमेकी राष्ट्र भारत र चिनसँग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ । हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सिमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरका दल र नेताहरु विगतमा आलोचित रहे । आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।”

उहाँले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको ५ करोड मुल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुन देखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो  भन्ने खबर एक राष्ट्रिय दैनिकमा आयो । माननीय गृहमन्त्री के यो साचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाईएला भन्ने डरले उल्फाको धन झै फजुल खर्च गर्न सरकारी तयारी हो यो । जवाफ पाउँ । ”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...