HomeFeatureई–पासपोर्ट छाप्न हतार नगर्न राहदानी विभागलाई सांसदहरुको सुझाव

ई–पासपोर्ट छाप्न हतार नगर्न राहदानी विभागलाई सांसदहरुको सुझाव

काठमाण्डौ, 25 जुन 2020

सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार राहदानी विभागका महानिर्देशक रामकाजी खड्कासँग विद्युतीय राहदानी छपाईको आवस्यकताको विषयमा छलफल गरेको छ । छलफलका क्रममा सांसदहरुले अहिले पनि अझै २÷३ वर्षलाई पुग्ने यन्त्रवाचक राहदान (एमआरपी राहदानी) मौज्दातमा रहेकाले हतारमा छाप्ने प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका हुन् । सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट रकमान्तर हुन नसकेको अवस्थामा महँगो मूल्यको विद्युतीय पासपोर्ट छापेर राज्यको ढुकुटीमा दवाव नपार्न महानिर्देशक खड्कालाई सुझाव दिएका हुन् । सरकारसँग अहिले ५ लाख ५० हजार ८ सय ८५ थान एमआरपी राहदानी मौज्दातमा रहेको छ । जसमध्ये कुटनीतिक ४ हजार ३ सय १९, विशेष १ हजार ७ सय १२, साधारण ५ लाख २१ ह्जार ७ सय ९४, र यात्रा अनुमतिपत्र २३ हजार ६०को संख्यामा एमआरपी राहदानी रहेको छ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पाँचलाख ५० हजार थान राहदानी मौज्दात रहेको र अहिलेको वितरणको फ्रिक्वेन्सी अनुसार सन २०२५ सम्मको लागि जारी गर्न प्रयाप्त पुग्ने बताउनुभयो । उहाँले एकैपटक २० लाख पासपोर्ट छपाउँदा सरकारलाई आर्थिक भार पर्न जाने भएकाले अहिले जारी भएको ट्रेण्ड र मौज्दातलाई हेरेर मात्र खरिद प्रक्रिया अगाडि बढाउन सुझाव दिनुभयो ।

सांसद पुष्पा भुसालले विभागले छाप्न खोजेको विद्युतीय राहदानीको लागत एमआरपीको भन्दा महँगो पर्ने भएकाले पनि अहिलेको परिवेषमा आवस्यकता नभएको बताउनुभयो । उहाँले कोरोना न्यूनीकरणका लागि प्रयाप्त पीसीआर परीक्षण गर्न नसेको र अर्थमन्त्रीले पनि अर्थतन्त्रमा डरलाग्दो अवस्था आउने संकेत गरिरहेको अवस्थामा थप भार पर्ने काम नगर्न सुझाव दिनुभयो । उहाँले अहिले पनि करिब ६ लाख थान एमआरपी राहदानी रहेको र त्यसको वैधानिकता २०२५ सम्म रहेकोले अहिले नै विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाउने विषयको औचित्यको बारेमा प्रश्न गर्नुभयो ।

सांसद उमा रेग्मीले एमआरपी राहदानी खारेज गरी विद्युतीय राहदानी लागू गर्दा हुने आर्थिक क्षति कसले व्यहोर्ने हो स्पस्ट पार्न माग गर्नुभयो । उहाँले सरकारले व्यहोर्ने भए कोरोनाको उपचारमा खर्च गर्न नसकेको अवस्थामा आर्थिक भार पार्न नहुने र व्यक्तिले व्यहोर्ने भएपनि उनीहरुमाथि समेत आर्थिक भार पर्ने भएकाले विचार गर्न आग्रह गर्नुभयो ।

सांसद रेग्मीले पनि कारोना महामारीको अवस्थामा परीक्षण गर्न नसक्ने भइरहदा विद्युतीय राहदानी ल्याउन खोज्नु समय सापेक्ष नभएको बताउनुभयो ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै विभागका महानिर्देशक खड्काले सरकारले केही वर्ष भित्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारीमा रहेकाले तीन वर्षको मागलाई पूर्वानुमान गरी २० लाख थान विद्युतीय राहदानी छपाउन डेण्डर आह्वान गरिएको बताउनुभयो । उहाँले राहदानीको पेज समेत बढाउन लागिएको बताउनुभयो । आन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पनि २०२५ सम्म सदस्य राष्ट्रहरुले एमआरपी राहदानी जारी गर्न सक्ने जनाएको र २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार विद्युतीय राहदानी छाप्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले विद्युतीय राहदानी टेण्डरको हकमा विदेशमा बुकलेट छपाई हुने र नेपालामा पर्सनलाइजेसन गरिने बताउनुभयो ।

महानिर्देशक खड्काले विद्युतीय राहदानी खरिद प्रक्रिया कोभिड पछि सुरु गरिएको नभई लामो समय देखि सरकारको प्राथमिकतामा रहेको विषय भएकाले सुरु गरिएको बताउनुभयो । उहााले आर्थिक वर्ष २०७०/०७१ देखि अहिले सम्म सरकारका वार्षिक नीति तथा कार्यक्रममा गरिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले खरिद प्रक्रियालाई अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...