HomeFeatureभारतको आसाममा बाढी पहिरोका कारण 21 जनाको मृत्यु, लाखौं मानिसहरु प्रभावित

भारतको आसाममा बाढी पहिरोका कारण 21 जनाको मृत्यु, लाखौं मानिसहरु प्रभावित

गुवाहाटी, 29 जुन 2020

भारतको पूर्वोत्तर राज्य असममा बाढी पहिरोका कारण अहिलेसम्म 21 जनाको मृत्यु भएको छ । भीषण वर्षाका कारण कयौं जिल्लाहरु प्रभावित हुँदा अहिलेसम्म 9 लाख 26 हजार मानिसहरु प्रभावित भएका छन । बाढीका कारण धेमाजी, लखीमपुर, विश्वनाथ, उदालगुडी, दराङ, नलबारी, बारपेटा, बोङ्गाईगाँउ, कोक्राझार, धुबरी, दक्षिण सलमारा, गोतपाडा, कामरुप, मोरीगाँउ, होजाई, नौगाँउ, गोलाघाट, जोरहाट, माजुली, शिवसागर, डिब्रुगढ. तिनसुकियास र पश्चिम कार्बीआङलोङ लगायतका 23 जिल्लाहरुमा बाढीले जनजीवन कष्टकर भएको छ । बाढीका कारँ करिब 27 हजार मानिसहरुलाई विभिन्न 133 राहत शिविरहरुमा राखिएको छ । NDRF र SDRF  का टीमहरुले प्रभावित क्षेत्रहरुमा राहत उद्धारको काम गरिरहेका छन । केन्द्र सरकारका तर्फबाट गृहमन्त्री अमित शाहले राज्यका मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई बाढीको स्थितिको नीरिक्षण गर्न आह्वान गर्नु भएको छ भने बाढीसँग लड्न राज्यलाई सम्भावित हरेक प्रकारको सहयोग गर्ने आश्वासन दिनुभएको छ । असममा हरेक वर्षायाममा बाढी पहिरोका कारण ठूलो क्षति हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...