HomeFeatureआज असार 15, दही च्युरा खाएर धान दिवस र रोपाई महोत्सव मनाईँदै

आज असार 15, दही च्युरा खाएर धान दिवस र रोपाई महोत्सव मनाईँदै

काठमाण्डौ, 29 जुन 2020

आज असार १५ धान  दिवस र रोपाइँ महोत्सव मनाईदैछ । असार १५ नेपाली किसानहरुका लागि महत्वपूर्ण पर्व हो । आजका दिन नेपाल र विदेशमा बस्ने नेपालीहरुले पनि दही, च्युरा खाएर असार 15 मनाउँछन ।

नेपालमा यसपटक ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भररता र समृद्धि ’भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मनाइदैछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतका विभिन्न निकाय तथा निजी क्षेत्रका सरोकारवाला संघ संस्थाले आज देशैभरि धान दिवस मनाइ रहेका छन् ।

कृषि मन्त्री घनश्याम भुसाल धान दिवस तथा रोपाइँ महोत्सव मनाउनका लागि उदयपुरको त्रियुगा नगरपालिका पुग्नुभएको छ। कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काठमाडौंमा संयुक्त रुपमा महोत्सव मनाउने भएको छ । नार्कको अनुसन्धान केन्द्र खुमलटारमा संयुक्त रुपमा सो कार्यक्रम मनाइने छ ।

यसै अवसरमा कोभिड १९ लाई ध्यानमा राख्दै धान रोपाइँ गर्नका लागि कृषि विभागले दिशानिर्देश निर्धारण गरेको छ । धान महोत्सवका साथै अन्य समयमा पनि कोरानाभाइरसका कारण सतर्कता अपनाउँदै कृषि कर्म गर्न विभागले आग्रह गरेको छ ।१७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने सन्दर्भमा कोभिड १९ रोगको संक्रमणबाट बच्न सावधानी अपनाउने विभागले आग्रह गरेको छ ।

सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने विभागले आफ्ना मातहतका सबैतिर सर्कुलर गरेको छ ।  यदि २५ जना भन्दा बढी भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउने आग्रह गरेको छ । रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा  मनोरन्जनात्मक हिलो छ्याप्ने जस्ता गतिविधि नगर्ने पनि आग्रह गरेको छ ।

कृषि मन्त्रालयले यसपाली धान उत्पादनमा वृद्धि हुने दावी गरेको छ । समयमा मनसुन शुरु भई धान रोपाइँ भएको र मल खादको अभाव नभएको हुँदा धान उत्पादनमा वृद्धि हुने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...