HomeFeatureभीषण वर्षाले पश्चिम सिक्किमका अधिकांश सडक ठप्प

भीषण वर्षाले पश्चिम सिक्किमका अधिकांश सडक ठप्प

गेजिङ १२ जुलाई (केएन शर्मा )
आइतबार बिहान परेको हात्तीसुँडे पानीले पश्चिम जिल्लाको प्राय जसो सडक मार्गहरु ठप्प भएका छन । समाचार तयार गर्ने बेलासम्म वर्षाका कारण ज्यानमालको क्षति भएको छैन भने केहि स्थानमा धनमालको क्षति भएको समाचार प्राप्त भएको छ ।

खासगरि सडकमार्ग धेरै स्थानमा भत्किएको समाचार छ। पश्चिम सिक्किमको हि- पातल जिपियुको लोअर पेचेरेक र माझगाउँमा पहिरोबाट धेरै सम्पत्ति क्षतिग्रस्त भएको छ। यहाँको दुग्ध संकलन केन्द्र, मासु दोकान , पीएमजीएसवाई रोड, स्थानीय टी.बी. क्षेत्रीको कुखुरा फार्म अनि उनको सवारी साधनमा पहिरोले ठूलो क्षति पुर्याएको छ।

यस प्रकोपको आज पञ्चायत अध्यक्ष एन.बी. क्षेत्री, खण्ड बिकास अधिकारी मार्ताम , पुलिस कर्मचारी र स्थानीय नागरिक समाजका सदस्यहरुले नीरिक्षण गरेका छन। त्यसैगरि पश्चिम जिल्लाकै याक्सोम – टासिडिङ समष्टि अन्तरगतको मुख्य पर्यटक स्थल फाम्रुङ फल्स , नजिकका दुई खहरे खोल्सा उर्लिन्दा सडक मार्ग पुर्णरुपमा बन्द भएको छ जस्मा सडक खोल्न हप्तादिन लाग्ने अनुमान लगाइएको छ।

यसैगरी लाङ खोला , रिदाङ खोला ,चोङ्ग्राङ- टासिडिङ बिचको स्मृतिबन , दराप- पेलिङ बीच सिम्फेङ र रिम्बी याक्सोम सडक पुर्णरुपमा बन्द रहेको छ। सडक मार्न भने पश्चिम जिल्लाको याक्सोम ,टासिडिङ,गेरेथाङ कालापानी बन्यो । यस्तै प्रकारले पश्चिमका अन्य गाउँसँग जोडिएका लिङ सडक र खहरे खोल्साहरु भत्किदा धेरै जसो मानिसहरूको अलैंची बारी र बारिको तुलफुल नस्ट भएको छ।यस बाहेक जताततै बिजुलीका पोलहरु भत्किएको कारण बिजुली बत्तिमा बाधा पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...