HomeFeatureनेपालमा 4 दिन नबित्दै खोलिए भारतीय च्यानलहरु, केही च्यानलहरु अझै बन्द

नेपालमा 4 दिन नबित्दै खोलिए भारतीय च्यानलहरु, केही च्यानलहरु अझै बन्द

काठमाण्डौ, 13 जुलाई 2020

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीको चरित्र हत्या गर्ने गरि भारतीय मिडीयामा समाचार प्रसारण गरिएको विरोधमा बन्द गरिएका भारतीय च्यानलहरु फेरि सञ्चालनमा आएका छन । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन्। केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिनु भएको छ । केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको शर्माले जानकारी दिनु भएको छ।

हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको जनाइएको छ। जानकारीका अनुसार भारतबाट प्रसारित हुने च्यानलहरु पेर्न नपाएपछि ग्राहकहरुले हिन्दी च्यानलहरुको प्रसारण खुलाउन दवाब दिएका थिए ।

भारतीय मिडीयाले अनर्गल समाचार प्रसारण गरेपछि 4 दिनअघि केवल अपरेटरहरुले नेपालमा प्रसारण हुने सबै भारतीय च्यानलहरु बन्द गरेका थिए ।  बन्द गरेको चार दिन नबित्दै नेपालमा भारतीय च्यानलहरू खोलिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...