HomeFeatureनेपालमा आज 186 जना कोरोना संक्रमित थपिए, अहिलेसम्म १७ हजार ८ सय...

नेपालमा आज 186 जना कोरोना संक्रमित थपिए, अहिलेसम्म १७ हजार ८ सय ४४ जना संक्रमित

काठमाण्डौ, 20 जुलाई 2020

सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

सोमबार कोरोना मुक्त भएर १ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ९ सय ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३३, बागमती प्रदेशमा ३ सय ९९ र गण्डकी प्रदेशमा ३ सय ८४ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १०, कर्णाली प्रदेशमा २ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित उपचाररत रहेका छन् । अहिले २२ हजार २ सय २८ जना देशभरीका क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...