HomeFeatureमुम्बईमा कोरोनालाई जितेका नेपाली हिरा व्यवसायीले तनावलाई जित्न सकेनन, गरे आत्महत्या

मुम्बईमा कोरोनालाई जितेका नेपाली हिरा व्यवसायीले तनावलाई जित्न सकेनन, गरे आत्महत्या

मुम्बई, 21 जुलाई 2020

मुम्बईमा कोरोनालाई जितेर होम आइसोलेशनमा रहिरहेका हिरा व्यवसायी एक नेपालीले आत्महत्या गर्नुभएको छ । हिरा व्यवसायी मीन बोहराको आज मुम्बईमा अन्तिम संस्कार गरिएको छ ।

अछाम जिल्लाको ओलीगाउँ–४ का स्थायी वासिन्दा मीन बोहरा मुम्बईको अन्धेरीमा बस्दै आउनु भएको थियो । कोराना संक्रमणबाट निको भएर होम आइसोलेशनमा रहेका बोहरा तनावमा रहेको संयुक्त नेपाली महासंघका पूर्वअध्यक्ष भरत रावलले नेशनल लाईवलाई बताउनुभएको छ । रावलका अनुसार बोहराले हिजो बिहान 5 बजे आफु बस्ने बिल्डिङको तेस्रो तलाबाट हाम फाल्नु भएको थियो । बिल्डिङबाट हाम फालेर कम्मर मूनीको शरीर पूर्णरुपमा क्षतिग्रस्त भएका बोहरालाई सोसायटीका सदस्यहरुले नानावटी अस्पतालमा भर्ना गरेका थिए । अस्पताल पुग्दासम्म होसमै रहेका बोहरा त्यसपछि कोमामा गएको र अन्त्यमा राति 9 बजे निधन भएको रावलले बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष रावलले भन्नुभयो लामो समयदेखि संयुक्त नेपाली महासंघका पूर्व उपाध्यक्षको रुपमा समाजसेवा गर्नुभएका बोहरा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना हुनुभएको थियो । उपचारले ठीक भइसकेपछि बोहरा घर आइसकेपछि आइसोलेशनमा हुनुहुन्थ्यो । आइसोलेशनमा तनावमा रहनुभएका बोहराले साथीभाईसँग कुरा गर्दा आफुलाई अस्पताल लगिदिन र आत्महत्या गर्ने भन्दै आउनुभएको थियो ।

जानकारीका अनुसार मृतक बोहराका ९ वर्ष र १२ वर्षका दुई छोराहरु छन । तर श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थियो । कोरोना संक्रमित भएका कारण होम आइसोलेशनमा बस्नुपर्दा उहाँ तनावको शिकार भएको हुनसक्ने अनुमान गरिएको छ । मुम्बईमा रहने नेपालीहरुलाई चाहिएको बेला उपस्थित भएर सेवा गर्ने भएकाले पनि मुम्बईमा उहाँ निकै परिचित हुनुहुन्थ्यो । उहाँको निधनपछि विभिन्न नेपाली संघसंस्था र व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...