HomeFeatureअन्तर पार्टी महिला सञ्जालद्वारा नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको...

अन्तर पार्टी महिला सञ्जालद्वारा नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण

काठमाण्डौ, 21 जुलाई

अन्तर पार्टी महिला सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण गराएका छन् । सञ्जालले लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध र समुन्नत समाजका लागि नीति निर्माण तहमा महिलाहरुको अनिवार्य सहभागिता गराउन सभामुख अग्नि प्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा सभामुखको निर्वाचन भएको लामो समय वित्दा समेत उपसभामुख पद रिक्त भएको प्रति सञ्जालको गम्भिर ध्यानाकर्षण भएको महासचिव नीलम वर्माले बताउनुभयो । उहाँले यथासिघ्र उपसभामुखको निर्वाचन गराउन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो । संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरु संघीय निजामति सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरुमा पदपूर्ति सम्बन्धि व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावना अनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ ।

सभामुख सापकोटाले आफु निर्वाचित भएपछि लगायतार उपसभामुखको निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफलमा रहेको बताउनुभयो । प्रधानमन्त्री समेत रहनुभएका सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु भेटेर आफुले पटक पटक उपसभामुखको निर्वाचनका लागि कुरा राखेपनि अहिलेसम्म निर्वाचन हुन नसकेको बताउनुभयो । उपसभामुखको निर्वाचन गराउने आफ्नो मुख्य काम भएपनि सभामुखको हैसियतले प्रधानमन्त्ती लगायतका नेताहरुसँग निरन्तर छलफल गरेपनि त्यसले सार्थकता नपाएको उहाँले बताउनुभयो ।

सञ्चालले नीति निर्माण र कार्यान्वयन तहमा सहभागित नगराई राष्ट्र निर्माणको काम पुरा नहुने बताएको छ । आर्थिक, सामाजिक, सांस्कृति रुपान्तरणका साथ गरिने राज्यको पुनरसंरचना र त्यसबाट बन्ने समृद्ध र समुन्नत नेपालका लागि महिलाहरुको सहभागिता अनिवार्य रहेको सञ्जालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...