कैलाली, 26 जुलाई/ हिम शाह
धनगढीस्थित सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो 24 घण्टामा गरिएको परीक्षणमा 17 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार गत 24 घण्टामा 346 जनाको कोरोना परीक्षण गरिएकोमा 17 जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका संक्रमितहरू मध्ये सबैभन्दा बढि अछामको पञ्चदेवल विनायकका 1 महिलासहित 14 जना, बाजुराको खप्तडछेडेदहका 1 का 2 महिला र वडा नम्बर 6 का 11 वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या 4 हजार 226 पुगेको छ। 8 जनाको मृत्यु भईसकेको छ।










































