HomeFeatureश्रीमती हत्या मामिलामा सजाय घटाइएका सशस्त्रका पूर्व डिआइजीको मुद्धामा पुनरावलोकन हुने

श्रीमती हत्या मामिलामा सजाय घटाइएका सशस्त्रका पूर्व डिआइजीको मुद्धामा पुनरावलोकन हुने

काठमाण्डौ, 26 जुलाई 2020

सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी सर्वोच्चले गरेको फैसला पुनरावलोकन हुने भएको छ । शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनले पुनरावलोकनको अनुमति पाएको हो । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन गर्न अनुमति दिएको हो । न्याय प्रशासन ऐन २०७३ को दफा ११ को उपदफा २ खण्ड क बमोजिम पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो ।

पूर्व डीआइजी कोइरालले आफ्नै श्रीमती हत्या गरेको, प्रमाण लुकाउन शव जलाएको पुष्टि गर्दै काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । ललितपुर पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै फैसला सदर गरेको थियो । तर २०७७ असार १५ मा सर्वोच्च अदालतले भने ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो । निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचाराधीन बनेको छ । अब कम्तिमा पनि तीन न्यायाधीको इजलाशले महान्यायाधीवक्ताको कार्यालयले प्रस्तुत गरेका कारणहरुमा सुनुवाई गर्नेछन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...