HomeFeatureनेपालमा एकैदिन थपिए २ सय १० जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या...

नेपालमा एकैदिन थपिए २ सय १० जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुग्यो

काठमाडौं,29 जुलाई 2020

बुधबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का २ सय १० जना थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षणमा २ सय १० जनामा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ। जसमा १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन। प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन। यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन। आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ। देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन। जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो। देशभरीका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन। नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...