HomeFeatureपार्टी विवाद समाधानका लागि नेकपा केन्द्रीय सदस्यहरुद्वारा केन्द्रीय समिति बैठकको माग

पार्टी विवाद समाधानका लागि नेकपा केन्द्रीय सदस्यहरुद्वारा केन्द्रीय समिति बैठकको माग

काठमाडौं, 29 जुलाई 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन। स्थायी कमिटीले पार्टी भित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । उनीहरुले बुधबार पार्टी कार्यालय पुगेर हस्ताक्षर सहितको पत्र बुझाएका छन् । केन्द्र्रीय समिति बैठकको माग गर्दै सदस्यहरुले पार्टी कार्यालय धुम्बाराही पुगेर हस्ताक्षरसहितको पत्र बुझाएको केन्द्रीय समिति सदस्य डा. विजय कुमार पौडेलले बताउनुभयो। पार्टी अध्यक्षद्धय लाई सम्बोधन गर्दै लेखिएको पत्रमा पार्टी भित्रको विवादले आफुहरुलाई चिन्तित बनाएको र विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि–पद्धति बमोजिम समाधान गर्नुपर्ने ठहर गगरेको उल्लेख छ ।

उनीहरुले पार्टीको विधानको धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन् । पार्टीको सबैभन्दा सर्वोच्च निकाय केन्द्र्रीय कमिटी भएकाले यहि नै हरेक विवादहरु हल गर्नुपर्ने भन्दै बैठकको माग गरिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताउनुभयो। केन्द्रीय कमिटी सदस्य ठाकुर गैह्रेले पार्टी भित्र बढ्दै गएको विषयले आफुहरुलाई चिन्तित बनाएको बताउनुभयो । उहाँले पार्टी विभाजन आजको आवस्यकता, औचित्य र सान्दर्भिकता नभएकाले पार्टी भित्र उत्पन्न भएका समस्यालाई पार्टी भित्रै बसेर समस्या समाधान गर्न बैठकको माग गरिएको बताउनुभयो। नेकपाको केन्द्रीय कमिटी ४ सय ४४ जनाको रहेको छ । केन्द्रीय कमिटीको एक चौथाई सदस्यले बैठक माग गरेपछि ३० दिन भित्र बैठक बोलाउनु पर्ने व्यवस्था पार्टीको विधानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...