HomeFeatureअविरल वर्षाले कैलाली जलमग्न, हजारौ घरहरु डुबानमा

अविरल वर्षाले कैलाली जलमग्न, हजारौ घरहरु डुबानमा

कैलाली, 30 जुलाई, हिम शाह

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा हजारौं घर डुबानमा परेका छन् भने 3 जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक/फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । कैलालीको भजनी नगरपालिका–8 खौरपुरका 40 वर्षीय ईश्वर शाह, 33 वर्षीय चक्र विक र जनकपुरका 11 वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका हुन ।

दुई दिनदेखिको लगातार वर्षाले 6 हजार बढि घरहरु डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार एक सय 80 परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय 15 परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा 8 सय 25 परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले 30 घर भत्किएका छन्। डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनु भएको छ। विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...