HomeFeatureआज जनै पूर्णिमा, रक्षाबन्धन पर्व नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरि मनाइयो

आज जनै पूर्णिमा, रक्षाबन्धन पर्व नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरि मनाइयो

काठमाण्डौ, 3 अगस्त 2020

आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा, रक्षाबन्धन पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईएको छ । वैदिक सनातन धर्मावलम्बीले आजको दिन नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेपछि जौ, तिल, कुशद्धारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गरिन्छ । सनातन धर्ममा गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्र धारण गरेमा नकारात्मक भाव र तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्धाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ, अगस्त्य गरी आठ ऋषिको पूजा एवं तर्पण गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीतलाई ब्रम्हासुत्र अथवा ज्ञानको धागो मानिन्छ । यज्ञोपवीतमा रहने दुई शिखाका छ वटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मान्निछ । गुरु पुरोहितहरुले जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्र उच्चारण गरी यजमानको दाहिने नाडीमा धारण गराउने प्रचलन पनि रहेको छ । सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले काँचो धागोबाट रक्षा विधान तयार गरी जुन धागोले दानवहरुको महान राजा बलीलाई बाँधेका थिए सोही धागोले बाँधेर जोगाएको भन्ने पौराणिक मान्यताका आधारमा रक्षा बन्धनको परम्परा प्रचलनमा रहेको छ । रक्षाबन्धन बाँध्न एवं नयाँ यज्ञोपवीत फेर्न बिहानैदेखि काठमाडौं उपत्यकाको पशुपतिनाथ, कुम्भेस्वर मन्दिर लगायतका मठमन्दिरमा भक्तजनको भीड लागेको थियो ।

नेपालको तराई क्षेत्रमा आजको दिन दिदी बहिनीले दाजुभाईलाई राखी बाँधेर यो पर्व मनाउने प्रचलन पनि रहेको छ ।  सामाजिक मान्यता अनुसार राखी बाँधेर दिदी बहिनी दाजुभाई बिचको प्रेमसम्बन्ध बढ्ने विश्वास रहेको छ । यस्तै आजकै दिन एघार थरीका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन पनि रहेको छ । टुसा उम्म्रिएको गेडागुडीबाट क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने, शरीरमा लागेको चिसो निकाल्ने र रक्त सञ्चार गराउने मान्यता पनि रहेको छ । यस वर्ष कोरोना भाइरसका कारण विभन्नि धार्मिक केन्द्रमा लाग्ने गरेको मेला स्थगित भएको छ । रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर, काठमाडौंको मणिजुड, सिन्धुपाल्चोकको पाँचपोखरी, नवलपरासीको त्रिवेणीधाम, धनुसाको जनकपुरधाम, गंगासागर लगायतका ठाउँमा मेला लाग्ने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...