HomeFeatureकोरोना नियन्त्रणमा विपक्षी दलहरुबाट पनि रचनात्मक काम भएन

कोरोना नियन्त्रणमा विपक्षी दलहरुबाट पनि रचनात्मक काम भएन

काठमाडौं, 8 अगस्त 2020

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कामै गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाव दिन बाहेक विपक्षी दलहरुले जनस्तरमा प्रभाव पार्ने ढंगले रचनात्मक काम गर्न सकेका छैनन। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना भने गरिरहेका छन। केही युवाहरु सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने माग राख्दै अनसनमा समेत बसेका छन। यद्यपी विपक्षी दलहरुले सरकारलाई दबाव दिन बाहेक क्वारेन्टिन व्यवस्थापन, राहत वितरण र उद्धारका काममा आफ्ना नेता कार्यकर्ताहरुलाई परिचालन गर्न सकेका छैनन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुवाती दिनमा मिडिया मार्फत कोरोना संक्रमणबाट जोगिनका लागि जनचेतनामुलक सन्देश जारी गरेपनि ठोस र सशक्त कदम भने चाल्न सकेको छैन। तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले आफ्नो ठाउँबाट आवश्यक पहल र सरकारलाई सहयोग गरिरहेको दावी गर्नुभयो।

उहाँले जनतालाई सुसुचित गराउन कार्यकर्ता परिचालन गरिएको, स्वास्थ्य सामग्री वितरण गरेको, पार्टीको तर्फबाट सरकारको खातामा ५० लाख रुपैयाँ नगद जम्मा गरेको बताउनुभयो। ‘सत्तामा सँगै नभएपनि संकटमा सँगै रहेको’ सन्देश दिँदै सरकारका कमिकमजोरी औलाउँदै पार्टी अगाडी बढेको उल्लेख गर्दै शर्माले सांसदहरुको तर्फबाट समेत १५ दिनको तलब बराबरको रकम सरकारी खातामा जम्मा गरेको फेयरिस्त सुनाउनुभयो। केही समयअघि मात्रै पार्टी एकता भएको जनता समाजवादी पार्टी (जसपा) ले समेत सरकारलाई नैतिक रुपमा दबाव दिन बाहेक केही काम गर्न सकेको छैन । जसपाका कार्यकारिणी सदस्य केशव झाले वडा स्तरसम्म नेता कार्यकर्ता परिचालन गरी सूचना प्रवाह, राहत वितरणका काम पार्टीले गरेको दावी गर्नुभयो ।उहाँले राजनीतिक पार्टीले सरकारले जसरी धेरै काम गर्न नसक्ने बताउनुभयो । लक डाउन सुरु हुनुभन्दा करिब २ हप्ता अगाडी मात्रै पार्टी एकता गरेर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था पनि त्यस्तै छ ।

फागुन २८ मा पार्टी एकता गरेको राप्रपाले एकतालाई पूर्णता दिन नपाउँदै लक डाउन सुरु भयो । लक डाउनको समयमा पनि सरकारलाई पटक-पटक दबाब दिने काम पार्टीका अध्यक्षहरुले गरेको राप्रपा नेता मोहन श्रेष्ठले दावी गर्नुभयो ।शनिबारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। आजसम्म ७३ जनाको मृत्यु भइसकेको छ। अहिले ६ हजार २ सय ६ जना संक्रमित उचाररत रहेका छन। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कन्टयाक ट्रेसिङमा समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनशक्ति अभावमा समयमा कन्टयाक ट्रेसिङ गर्न नसक्दा संक्रमितहरु खुलेयाम हिडिरहेका छन। यस्तो अवस्थामा विपक्षी दलहरुले आफ्ना कार्यकर्ताहरुलाई स्वयमसेवकको रुपमा कन्ट्याक ट्रेसिङमा सहयोग गर्न सक्ने देखिन्छ। तर यसतर्फ कुनै पनि दलले अहिलेसम्म चासो देखाएका छैनन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...