बैंगलोर, 12 अगस्त 2020
दीन दुःखीको सहयोगका लागि आफ्नो दुःख बिर्सेर पनि सहयोग गर्छन भन्ने नेपालीहरु अब ठाँउ अनुसार परिर्तन भइरहेका छन । त्यसैले त भारतमा एक नेपालीलेनै अर्को नेपालीमाथि अन्याय, अत्याचार, लुटपाट, चोरी गर्ने जस्ता घटनाहरु भइरहेका छन । हुँदा-हुँदै परिवारको आर्थिक अवस्थाका कारण रोजगारीका लागि बेंग्लोर आएकी एक नेपाली महिलालाई विवाह गर्ने बहानामा एक युवकले शारीरिक शोषण गर्नुका साथै 1 लाखभन्दा धेरै रकम लिएर फरार भएको घटना प्रकाशमा आएको छ ।तस्वीरमा देखिएकी महिला झापा जिल्लाको सुरुङ्गाकी वासिन्दा हुन। रोजगारीको सिलसिलामा कोरिब 1 वर्षअघि भारतको कर्नाटक राज्यको बेंग्लोर आएकी उनिसँग विवाह गर्ने बहानामा सुदूरपश्चिम प्रदेशको दार्चुलाका एक व्यक्तिले शारीरिक र आर्थिक शोषण गरेर फरार भएका छन । हुनत उनि तीन छोराछोरीको आमा हुन तर विवाह भएको केही वर्षमा लगभग 12 वर्षअघि उनको श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि छोराछोरीको पालनपोषणको जिम्मा उनकै काँधमा आयो । त्यसपछि उनि झापामै बसेर छोराछोरीको पालनपोषण गर्दै आएको भएपनि भारतमा रोजगारीको राम्रो अवसर हुने भन्दै बेंग्लोर आएकी थिइन ।
उनको रोजगारी राम्रै चलिरहेको भएपनि दार्चुला घर बताउने गणेश भट्ट नामक युवकले उनलाई विवाह गर्ने बहानामा नजिकिएको र 3 महिना अघिदेखि दुवैजना श्रीमान-श्रीमती भएर बस्न लागेका थिए । पहिलो विवाह सफल हुन नसकेपछि उनि गणेश भट्टका कुरामा फस्न थालिन र उनले भनेका सबै कुरा मान्न थालिन । गणेश विवाह गर्ने भन्दै उनले कमाएको पैसा पनि माग्न थाले र त्यही क्रममा घर बनाउने भन्दै महिलाले कमाएको 1 लाखभन्दा धेरै रकम पनि मागेर लगे । त्यो रकम माग्न खोज्दा अनेक थरीका बहाना गरेको र लकडाउनका क्रममा छोजेर फरार भएको महिलाले बताएकी छिन । उनले सामाजिक संजालमा लाईभ आएर गणेश भट्ट नामक व्यक्तिलाई खोजेर न्याय दिलाउन माग गरेकी छिन। आज नेशनल लाईभसँग भएको कुराकानीमा महिलाले गणेश भट्ट विवाहित रहेको र अहिले उनकी श्रीमति सम्पर्कमा आएको र उनकी श्रीमतिले भट्ट आफ्नो सम्पर्कमा नआएको तर आवश्यक परे कानुनी कारवाही गर्न भनेको बताएकी छिन । अहिले आफुलाई आर्थिक अभाव भएको र नेपाल घर फिर्ता जान चाहेकोले सहयोग गर्न उनले आग्रह गरेकी छिन ।









































