HomeFeatureदेउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको: रामचन्द्र पौडेल

देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको: रामचन्द्र पौडेल

काठमाडौं, 12 अगस्त 2020

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नुभएको छ । सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गर्नुभयो । बुधबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताउनुभएको हो । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो।

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताउनुभयो। आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गर्नुभयो । उहाँले भन्नुभयो ‘यो मिच्ने बानीपर्यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ। मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षती पुर्यायो र घायल बनायो। पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघि देखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताउनुभयो । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताउनुभयो । चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि उहाँ कामचलाउ सभापति भइसकेपछि यो कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ? यो कुरा हामी भनिरहेका छौं की यसरी धज्जि नउडाऔं। विधानको धज्जि नउडाऔं । लोकतान्त्रिक मूल्य मान्यताको धज्जि नउडाऔं । कांग्रेस लोकतन्त्रको प्रयाय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो। फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढीसकेका छौं । महाधिवेशनमा प्रवेश गरिसकेका छौं । यसलाई क्रियाशिलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान फेरी यो त जालि कुरा हो नी । यस्तो गरेर पार्टीको बैधानिक मर्यादामाथि आँच पुर्याउन पाइन्छ? पार्टीमा विधान मिचेको विषयलाई गम्भिरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताउनुभयो । अहिलेको केन्द्रीय समितिमा उहाँको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाण सहित विकल्प खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो विषयलाई हामी गम्भिरतापूर्वक उठाउँदै जान्छौं । यो विषयलाई महाधिवेशन सम्मै उहाँको मनपरी तन्त्रको, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौं ।

त्यसकारण उहाँको विकल्प खोज्नपर्ने स्थिति जन्माइराखेको छ। वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफु नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पार्नुभएको छ। तर पार्टीले आफुलाई न्याय गर्नुपर्ने उहाँको भनाई छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताउनुभयो । पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पुर्याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ । उहाँले भन्नुभयो ‘हामी नै हुनुपर्छ मै हुनुपर्छ भनेर मैले कहिलेपनि भनेको छैन् । तर एउटा कुरा को हो भने समाजले न्यायचाहिं गर्नुपर्छ । पार्टीका आम साथिहरुले न्याय चाहिं गर्नुपर्छ । पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइदैन । किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान सत्ताको, त्यसको विवेक त पुर्याउनु पर्छ नी । उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्ने भन्ने कुरा चाहिं हुँदैन । स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ।

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। कांग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफुले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको तर सरकारले तयारी नगर्दा अहिले संकट देखापरेको बताउनुभयो । सरकारले आइसियु, भेन्टीलेटर र आइसोलेसन तथा क्वारेन्टीनको व्यवस्था नगरी नागरिकलाई विचल्लीको अवस्थामा पुर्याएको पौडेलको भनाई छ । कम्युनिष्ट सरकारले कुनैपनि मानविय समस्याको समाधान गर्न नसक्ने दावी गर्दै उहाँले अहिलेको स्थिति कम्युनिष्टहरुको असफलताको नमुना भएको बटाउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...