सिन्धुपाल्चोक, 14 अगस्त 2020
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ मा शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना वेपत्ता भएका छन् । लिदीमा एउटा बस्ती नै पुर्दा बस्तीका 38 जना बेपत्ता भएका हुन । वेपत्ता मध्ये हालसम्म सात जनाको शब फेला परेको छ। पहिरोमा घाइते भएका पाँच जनाको उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले बताउनुभएको छ। घाइते मध्ये एक जनालाई काठमाडौ र चार जनालाई सदरमुकाम स्थित चौतारा अस्पतालमा उपचारको लागि पठाइएको छ। पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ। नेपाली सेना, प्रहरी र स्थानीयले खोजीकार्य सुरु गरेका छन् । पहिरोबाट विस्थापितहरुलाई आवश्यक खाद्यन लगायत सामग्री हेलिकोप्टेर बाट पठाईने गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।









































