HomeFeatureदिल्लीमा गम्भिर दुर्घटनापछि परिवारसँग सम्पर्कविहीन भएका एक नेपाली घर खोज्दै

दिल्लीमा गम्भिर दुर्घटनापछि परिवारसँग सम्पर्कविहीन भएका एक नेपाली घर खोज्दै

भारतको राजधानी दिल्लीमा मृत्युलाई जितेर फर्किएका एक नेपालीले अहिले परिवारलाई खोजिरहेपनि घरको यकीन ठेगाना थाहा नपाँउदा अलपत्र परेका छन । एक भयानक दुर्घटनाका कारण लामो समयसम्म अचेत रहेका नवलपरासीका 50 वर्षीय रामचन्द्र बहादुर थापाले आफ्नो घरको यकीन ठेगाना भन्न नसक्दा उनलाई नेपाल फर्काउन पनि अफ्ठ्यारो भएको छ । जानकारीका अनुसार धरमपुर -३, सुनवल, नवलपरासीका रामचन्द्र बहादुर थापा एक दुर्घटनापछि दिल्लीमै एक गैर सरकारी संस्थाको संरक्षणमा रहिरहेका छन । दिल्लीस्थित नेपाली राजदूतावास र आफन्त नेपाल संस्थाले उनको घर-परिवार खोज्ने प्रयास गरेपनि अहिलेसम्म केही थाहा हुन सकेको छैन ।

आफन्त नेपालका दिल्ली प्रतिनिधि नविन जोशीका अनुसार रामचन्द्र बहादुर थापाको 3 अप्रेल 2018 मा दुर्घटना भएको थियो । टाउकोमा गम्भीर चोट लागेकाले दिल्ली पुलिसले उनलाई अचेत अवस्थामा सफदरजंग अस्पतालको ट्रमा सेन्टरमा भर्ना गराएको थियो । केही समय कोमामै रहेका उनि केही ठीक भएपछी एक संस्थाले आश्रय दिएको थियो । उनि अहिले बोल्न नसक्ने अवस्थामा रहेकाले उनलाई उनको घरसम्म पुऱ्याउन समस्या भएको जोशीले बताउनु भएको छ । तर उनले लेखेर भएपनि आफ्नो परिवारको व्योहोरा दिएका छन । उनले आफ्नो बुवाको नाम बनबहादुर थापा, श्रीमतीको नाम सौमादेबी, 2 छोराहरु बिक्रम र सुरज थापा, छोरीहरु अनिता र सुनिता भएको बताएका छन । तस्वीरमा देखाइएका व्यक्ति रामचन्द्र बहादुर थापालाई तपाईले चिन्नु भएको छ भने दिल्लीस्थित नेपाली राजदूतावास अथवा आफन्त नेपालको मोबाईल नम्बर +91-9716293602 सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...