HomeFeatureसहयोद्धा नामक संस्थाद्वारा राजविराजमा "एक घर, एक पिसिआर" अभियान सुरु

सहयोद्धा नामक संस्थाद्वारा राजविराजमा “एक घर, एक पिसिआर” अभियान सुरु

 राजविराज, 17 अगस्त 2020

सहयोद्धा नामक सामाजिक संस्थाले राजविराजमा एक घर एक पिसिआर अभियान सुरु गरेको छ । सप्तरीको राजविराज नगरपालिकालाई केन्द्रित गरेर उक्त संस्थाले एक घर एक पिसिआर परिक्षण गर्नेगरि अभियान सुरु गरेको हो। संस्थाले पिसिआर परिक्षण गर्नका लागि स्थायीको घरघरमा पुगेर स्वाब संकलन गर्नेछ। स्वाब संकलन गर्नका लागि आवस्यक पर्ने भिटिएम कीट खरिदका लागि सहयोग रकम समेत संकलन गरिरहेको संस्थाका अध्यक्ष  रबिन्द्र यादवले जानकारी दिए ।” एक घर एक पिसिआर,आफैं जुटौं, मौन छ सरकार ” भन्ने मुल नाराका साथ सुरु गरिएको अभियानले कम्तीमा एक घरबाट एकजनाको स्वाब संकलन गरि परिक्षणका लागि गजेन्द्र नारायण अस्पतालमा पठाउनेछ ।

संस्थाका संस्थापक तथा मुख्य सल्लाहकार रोशन यादव अनुसार अभियानका लागि संस्थाले राजविराज नगरपालिकाको अञ्चल अस्पताल र जनस्वास्थ्य महाशाखासङ्ग समेत सहकार्य गरेको छ । महाशाखाको समेत समन्वयमा संस्थाको टिमले घरघर पुगेर स्वाब संकलन गर्नेछ। स्वाब संकलनका लागि आवस्यक पर्ने भिटिएम कीट किन्नका लागि सहयोग रकम समेत उठाईरहेको छ। १० दिनमा १ लाख १० हजारभन्दा बढी रकम संकलन भैसकेको संस्थाका कोषाध्यक्ष अभिषेक यादवले जानकारी दिए ।

कोरोना भाइरसको बढ्दो अवस्था र सरकारको जति गर्नुपर्ने हो, त्यति नगरेका कारण संस्थाले अभियान सुरु गरेको संस्थाकि उपाध्यक्ष अनुप्रिया सिंहले बताइन। अभियानबाट सरकारलाई खबरदारीका साथै गुणस्तरीय क्वारेन्टिन तथा आइसुलेसनको व्यवस्था गर्न दबाब समेत दिने उनले बताएकि छिन। उनका अनुसार केही दिनभित्रै स्वाब संकलन कार्य सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...