HomeFeatureनेपालमा कोभिड–१९ बाट थप ७ जनाको मृत्यु, योसँगै ज्यान गुमाउनेको संख्या १...

नेपालमा कोभिड–१९ बाट थप ७ जनाको मृत्यु, योसँगै ज्यान गुमाउनेको संख्या १ सय ६४ पुग्यो

काठमाडौं, 25 अगस्त 2020

कोभिड–१९ संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोभिड- १९ संक्रमणबाट मृत्यु भएको बताउनुभयो। जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुसाका ७६ वर्षीय पुरुष, र रुपन्देहिका ५३ वर्षीय पुरुष रहेका छन। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो। पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना नयाँ संक्रमित थपिएको पनि प्रवक्ता गौतमले बताउनुभयो। यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर घर फर्किएका छन। हालसम्म निको भएर घर फर्किने संक्रमितहरुको संख्या १९ हजार १ सय १९ पुगेको छ। आज देशभर आइसोलेसनमा रहने संक्रमितहरुको संख्या १४ हजार २ सय ५० रहेको छ। जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेका छन। पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो। हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ। हाल देशभरका क्वारेन्टिनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...