HomeFeatureतमीलनाडुको सितनपाल्यामा एक नेपाली एक सातादेखि बेपत्ता, परिवार खोजीमा भौंतारिंदै

तमीलनाडुको सितनपाल्यामा एक नेपाली एक सातादेखि बेपत्ता, परिवार खोजीमा भौंतारिंदै

तमीलनाडु, 2 सेप्टेम्बर 2020

तमीलनाडु राज्यको कृष्णागिरी जिल्ला अन्तर्गत होसुरको सितनपाल्यामा एक नेपाली पछिल्लो एक सातादेखि हराएपछि उनको पुरै परिवार खोजीमा भौतारिहरेको छ । होसुरको सितनपाल्यामा रहँदै आएका प्यारु नेपाली सोही ठाँउको जी. एच अस्पतालबाट बेपत्ता भएका हुन । छोरा देव बहादुर नेपालीका अनुसार प्यारु नेपाली गत 26 गतेका दिन मदिरा सेवन गरेर काममा गएका थिए । उनि काम गर्ने स्थानमा मालिकले मदिरा सेवन गरेकाले भोली आउन भन्दै घर पठाएका थिए । त्यसपछि सडकमा लडेर टाउकोमा चोट लागेका उनलाई स्थानिय व्यक्तिले एम्बुलेन्स बोलाएर जी एच अस्पताल पुऱ्याएका थिए । टाउकोमा चोट लागेपछि उनलाई टाउकोमा 4 टाँका पनि लगाइएको थियो । डाक्टरका अनुसार प्यारु नेपालीलाई उनको बारेमा सोध्दा केही नबताएको र त्यसपछि साढे 8 बजेदेखि 9 बजेसम्म अस्पतालको बेडमा पल्टिएका थिए । त्यही क्रममा अस्पतालमा दुर्घटनाको अर्को केस आएपछि सबैको ध्यान त्यता गएपछि उनि कतै निस्किएको छोरा देव बहादुर नेपालीले बताएका छन । उनि बेपत्ता भएपछि परिवारले पुलिस थानामा गएर उनि बेपत्ता भएको रिपोर्ट लेखाए पनि अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । यदी कसैले तस्वीरमा देखिएका व्यक्ति प्यारु नेपालीलाई देख्नु भएको छ भने देवबहादुर नेपालीको मोबाइल नम्बर +91-9072187516 मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...