HomeFeatureबामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय, निषेधाज्ञा हटेपछि स्थायी कमिटी बैठक बस्ने

बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय, निषेधाज्ञा हटेपछि स्थायी कमिटी बैठक बस्ने

काठमाण्डौ, 3 सेप्टेम्बर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ ।  प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा लैजाने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोयनका लागि सिफारिस गर्ने बताउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यस्तै बैठकले पार्टीको विवाद समाधानका लागि गठित कार्यदले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेको छ । कार्यदलबाट प्राप्त सुझावसहितको प्रतिवेदन र बैठकमा छलफलको क्रममा आएका विचारहरुलाई समेत ध्यान दिएर अध्यक्षद्वयले आवश्यक प्रस्ताव तयार गर्ने निर्णय भएको उहाँले बताउनुभयो । पार्टी, सरकार र जारी स्थायी कमिटीमा बैठकमा प्रस्तुत प्रस्तावका सम्बन्धमा निर्णय गर्न पनि अध्यक्षद्वयले छलफल गर्नेछन । स्थायी कमिटीमा अध्यक्षद्वले तयार पारेको प्रस्ताव पेश गरी छलफल हुने र त्यहाँ आएका सुझावहरुलाई समेत ध्यान दिएर ठोस कार्ययोजना सहितको निर्णय प्रस्तावलाई अन्तिम रुप दिएर सचिवालयमा प्रस्तुत गरिने उहाँले बताउनुभयो । सचिवालय बैठकबाट पुनः स्थायी कमिटीमा प्रस्ताव लगेर ठोस निर्णय हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । निषेधाज्ञा हटेपछि छिटोभन्दा छिटो स्थायी कमिटी बैठक बोलाइने उहाँको भनाई छ । असार १० गतेबाट जारी बैठकमा पार्टीभित्रको आन्तरिक विवादका कारण अनिश्चित भएको छ ।

बैठकले बागलुङमा आएको बाढीमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा तिव्रताका काम गर्न सरकारलाई आग्रह गर्दै पार्टीका नेता कार्यकर्ताहरुलाई पनि उद्धार, राहत र पुनस्र्थापनामा जुट्न निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको तिव्रता र त्यसको नियन्त्रणका लागि सरकारले गरिरहेका कामहरुको बारेमा समेत ब्रिफिङ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...