HomeFeatureनेपालमा राष्ट्रिय स्तरको भलिबल खेलको किन छैन आफ्नै खेल स्थल ?

नेपालमा राष्ट्रिय स्तरको भलिबल खेलको किन छैन आफ्नै खेल स्थल ?

काठमाडौं, 4 सेप्टेम्बर 2020

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो। राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन। नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन। त्यसैले राष्ट्रिय स्तरको भलिबल खेलको ओझ झुकिरहेको छ। पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्वमा भएका धेरै निर्णय मध्ये २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय पनि एक हो। नेपाल भलिबल संघको लामो कसरत र पछिल्लो समय देशमा देखिएको लोकप्रियताले भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भइसकेको छ । सामान्य पूर्वाधारमा खेल्न सकिने र सबैलाई मनोरञ्जन दिने खेल भलिबलले राष्ट्रिय खेलको मान्यता पाए पनि अहिले सम्म बामे सर्ने बाहेक केही उपलब्धी देखिएको छैन। भलिबल खेलका लागि अन्तर्राष्ट्रिय स्तरको आफ्नै सुविधा सम्पन्न खेल मैदान आवस्यक छ । तर नेपाल भलिबल संघले अहिले सम्म जग्गा खोज्ने बाहेक केही काम गर्न सकेको छैन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जग्गा खोज्ने काम भइरहेको बताउनुभयो ।

भलिबल खेलमा नेपाली महिला टोलीको प्रदर्शनले निकै चर्चा पाएको पनि छ । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला भलिबलले रजत पदक जित्दै उत्कृष्टताको संकेत दिइसेको छ । जुन नेपाली महिला टिमका लागि निकै ठूलो सफलताको रुपमा हेरिएको छ । तर महिलाको तुलानामा पुरुष टोलीको प्रदर्शन भने सम्झन लायक बनेन । त्यसको कारण नेपालको तयारी फितलो देखियो भने अन्य देशले भलिबलमा उल्लेख्य प्रगाति गरे । तयारी फितलो देखिनुको कारण भलिबलका लागि सामान्य पूर्वाधारमा खेल्नुपर्ने बाध्यता पनि हो । साँघुरा पूर्वाधारलाई अधिक्तम प्रयोग गर्दै आएको महिला टोलीलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पूर्वाधार अपुग देखिन्छ । जग्गा उपलब्ध भएपछि नेपालमा नै अन्तराष्ट्रिय स्तरको कोर्ट बनाउने महासचिव चन्दले बताउनुभयो ।

सरकारले राष्ट्रिय खेल घोषणा गरे पनि भलिबललाई सोही नजरमा नहेरेको पक्कै हो । बारम्बार नेपाल भलिबल संघले छुट्टै भलिबल कोर्ट बनाउनका लागि पहल गरे पनि अहिले सम्म स्थल अभावमा भौतारिनु परेको छ । उज्वल भविष्य देखिएको भलिबल खेलको पूर्वाधार विकास र प्रशिक्षणलाई सरकारले समयमा नै ध्यान दिन सके नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रै स्थान ओगट्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...