HomeFeatureललितपुरमा कर्फ्यु आदेश हटेसँगै प्रशासनद्वारा ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी...

ललितपुरमा कर्फ्यु आदेश हटेसँगै प्रशासनद्वारा ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी सूचना जारी

ललितपुर, 5 अगस्त 2020

ललितपुर महानगरपालिका भित्र लगाइएको कर्फ्यु आदेश हटेसँगै प्रशासनले ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी सूचना जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै महानगरभित्र आगामी ६ दिनसम्म ५ जना भेला हुन नपाउने गरी सूचना जारी गरेको हो । शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी रहेकोमा प्रशासनले सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा जम्मा हुन नपाइने गरी सूचना जारी गरेको हो । यसैगरी मीननाथको रथ रहेको आसपास क्षेत्र—पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म पनि भेला नहुने भनेको छ । प्रशासनको निर्णयसँगै त्यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

नाकाहरुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । अहिले त्यस क्षेत्रका सडक पनि सुनसान देखिएका छन । स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३ क) अनुसारा जारी गरिएको आदेश उलंघन गरेमा कानून अनुसार कारवाही हुने प्रशासनले जनाएको छ । यसअघि बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झडप भएको थियो । प्रशासनले शुक्रबार कफ्र्यु आदेश जारी गरेको थियो । कोरोना संक्रमणको जोखिमका कारण अहिले ललितपुर लगायत उपत्यकाभित्र निषेधाज्ञा भने जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...