HomeFeatureभारतको चेन्नईमा फेरि एक नेपालीद्वारा आत्महत्या, पछिल्लो 6 महिनामा 9 औं आत्महत्या

भारतको चेन्नईमा फेरि एक नेपालीद्वारा आत्महत्या, पछिल्लो 6 महिनामा 9 औं आत्महत्या

चेन्नई, 5 सेप्टेम्बर 2020

भारतमा रोजगारीका लागि आउने नेपालीहरुको आत्महत्या गर्ने क्रम बढ्दो क्रममा छ । विशेषगरि तमीलनाडु राज्यमा आत्महत्याका घटना लगातार बढिरहेका छन । एक महिला र एक पुरुषले एकदिनको अन्तरालमा आत्महत्या गरेको 15 दिनपछि फेरि एक नेपाली युवकले आत्महत्या गरेको खबर प्रकाशमा आएको छ । तुलसीपुर नगरपालिका वाड नं १६ मानपुर, दाङका स्थायी बासिन्दा कल्लु चौधरीका छोरा सन्तोष चौधरीले शुक्रवार विहान 4 बजेको समयमा आत्महत्या गरेका हुन । वर्ष २३ का सन्तोष चौधरी चेन्नईको किल्पाकस्थित होटल कृष्ण भवनमा एक वर्षदेखि कार्यरत थिए।

उनले नेपालमा रहेका परिवारलाई लामो पत्र लेखेर होटलको रूमको फ्यानमा पासो लगाएर आत्महत्या गरेका हुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालका अनुसार मृतक सन्तोषले परिवारमालाई लामो पत्र लेखेपनि आत्महत्याको कुनै कारण बताएका छैनन।

उनि सोझा र निकै कम बोल्ने स्वभावका व्यक्ति भएकाले खिन्नताले आत्महत्या गरेको अनुमान गरिएको बस्यालले बताउनु भएको छ । मूल प्रवाहले होटल सञ्चालकबाट मृतकको परिवारलाई ७५ हजार भारू आर्थीक सहयोग पनि दिलाएको छ ।  घटनाको जानकारीपछि मूल प्रवाहको टिमले सबै कानूनी प्रकिया पुरा गरेर आज नुङ्गामबाक्कम सम्सान घाटमा अन्तिम संस्कार गरेको छ ।

उनको शवयात्रामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, क्षेत्रीय सदस्य काशीराम आचार्य, ज्योति नारायण शर्मा, उमानन्द आचार्य, पश्चिम नगरका कोषाध्यक्ष बुद्धिराम पौडेल, सदस्य डोल बहादुर नेपाली तथा सँगै होटलमा काम गर्ने साथी सुनील थारू, हरि नेपाली , विकास नेपाली, आनन्द कुमार, रमेश नेपाली, दिनेश नेपाली, विकास नेपाली, राजकुमार नेपाली, सुरज नेपाली, अर्जुन नेपाली, कृष्ण नेपाली, राम थारू, राजेन्द्र थारू, चुडामणी शर्मा र सौगात क्षेत्री उपस्थित रहेका थिए ।

यो चेन्नईमा पछिल्लो 6 महिनामा भएको आत्महत्याको 9 औं घटना हो । त्यसमध्ये अधिकांशले रोजगारी गुमाएर तनावमा आत्महत्या गरेका थिए भने अधिकांशले प्रेम प्रसङगका कारण आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...