HomeFeatureकाठमाडौं महानगरपालिकाले अनलाइनबाटै राजस्व संकलन गर्ने

काठमाडौं महानगरपालिकाले अनलाइनबाटै राजस्व संकलन गर्ने

काठमाडौं,14 सेप्टेम्बर

काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ। महानगरपालिकाले सोमबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने बताएको छ। कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताउनुभयो । कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न नजान्दा कर तिर्न ढिलो आउने अथवा आउदै नआउने प्रवृतिको अन्त्य हुने विश्वास समेत उहाँले गर्नुभयो । यो प्रणाली लागू भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने बताउनुभयो । आसोज एक गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गरिने अर्यालले बताउनुभयो ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने पनि अर्यालले बताउनुभयो । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास उहाँले गर्नुभयो । महानगरपालिकाले यस अघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...